Posts

तिमी र म - कविता

  तिमी र म तिमीलाई थोरै ज्ञान छ भने आफ्नै घरको ध्यान छ भने। तिमी गर्ने कोसिस गर कठिन परे म सघाउँछु।। तिमी कर्मयोगी बन्छौ भने आफ्नै खेतबारीमा रम्छौ भने। तिम्रै खेतको कान्लो सम्म बिजन बोकी म आउने छु।। तिम्रो बाली फल्यो भने भकारी नि भर्‍यो भने। बजार सम्म लैजानलाई भरिया लिई म आउने छु।। तिमीले मलाई साथ देऊ भने लड्नै लाग्दा हात देऊ भने। तिम्रै घरको दैलोसम्म पक्की बाटो म ल्याउने छु।। तिमीले हातमा हात देऊ भने  मेरो काममा साथ देऊ भने। दिनको काम छिन मै हुने पद्धति म बसाउने छु।। तिमीले मलाई चिन्यौ भने  विश्वास साँच्चै गर्‍यौ भने। झाँगिएका ऐजेरुलाई छिमलेर म फाल्नेछु।। तिमी मलाई मान्छौ भने एक पल्टलाई छान्छौ भने। आफ्नै घरका छिद्रहरू खोजी खोजी म टाल्ने छु।। तिमी मलाई सुन्छौ भने एक पल्टलाई चुन्छौ भने। पहिलो कदम म चाल्ने छु देश द्रोहीलाई पहिचान्ने छु।।